Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

भैरव ढकालको ‘’अन्तरमनको झङ्कार ‘’ लोकार्पण

२५ सोमबार , असार २०८०२ बर्ष अगाडि

१४ असार, सिसार साहित्य प्रतिष्ठान काठमाण्डौको आयोजनामा कवि भैरव ढकाल द्वारा सृजित कविता संग्रह ‘’अन्तरमनको झङ्कार ‘’ लोकार्पण गरिएको छ ।
काठमाण्डौ स्थित पद्मकन्या बहुमुखी क्याम्पसको डेनिश हलमा आयोजना गरिएको कार्यक्रममा सिसार साहित्य प्रतिष्ठानका अध्यक्ष तथा पद्मकन्या बहुमुखी क्याम्पसका उप प्राध्यापक एवं समालोचक ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा प्रा.डा.खेम कोइराला ‘’बन्धु’’ को प्रमुख आतिथ्यता एवं बिशिष्ठ अतिथि साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, तथा लिलाध्वज थापा प्रतिष्ठानका अध्यक्ष कवि तथा साहित्यकार बिजयध्वज थापा, साहित्यकार हिरण्य कुमारी पाठक, प्रा. डा. गोबिन्दमान सिंह कार्की ,शिक्षासेवी यसोदा भट्टराई पौडेल, अन्तरमनको झङ्कार कविताकृतिका सम्पादक तथा कवि कृष्ण बाउसे पत्रकार राजनप्रसाद न्यौपाने लगायतको आतिथ्यताका साथै सयौं जनमानसको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।

 

content_thumbnail.jpg

उक्त कार्यक्रममा अन्तरमनको झङ्कार कविताकृतिका सम्पादक तथा कवि कृष्ण बाउसेद्वारा सहभागी हरुलाइ स्वागत मन्तव्य राखिएको थियो । स्वागत मन्तव्यका क्रममा सम्पादक बाउसेद्वारा कवि भैरव ढकालले परिपक्व उमेरमा पुगेपछि प्रकाशनमा ल्याएका कविता सरल सरश र सवैलाइ उत्प्रेरित गर्ने खालको रहेको चर्चा गर्दै अन्तरमनको झङ्कार बाट कविता बाचन गरि सुनाएका थिए । कार्यक्रममा सर्जक भैरव ढकालले समाजको बास्तविक यथार्थता लाइ अतितको झल्कोको स्मरण गरि मनका तरंगित भवनालाइ सृजनाको माध्यमबाट कृतिको रुपमा प्रस्तुत गरेको हुनाले पाठकहरुको उचित प्रतिक्रिया नै आफ्नो मार्निदेशनको आधार हुने बिचार ब्यक्त गर्दै रचना बाचन गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. खेम कोइराला ‘बन्धु’ ले समाज र साहित्य एकै सिक्काका दुई पाटो हुन् । समान भावना र अशल कर्मका साथ अघि बढ्दा समुन्नत समाजको निर्माणमा प्रमुख भूमिका निर्वाह हुने बिचार ब्यक्त गर्दै सर्जक भैरव ढकाल कुनै जवानाको आफ्नो प्रिय बिद्यार्थी रहेकोले आज पचासौं बर्ष पछि उनै बिद्यार्थीको कविता संग्रहको बिमोचन कार्यक्रममा आफूले प्रमुख अतिथिको भूमिका निभाउन पाउँदा अत्यंत खुशी लागेको बताउंदै उनका रचना पाठकहरु बीच लोकप्रिय बन्न सकोस् भन्ने शुभकामना ब्यक्त गरेका छन् । यसैक्रममा कार्यक्रमका अर्का बिशिष्ट अतिथि तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कवि कलाकार लेखक साहित्यकारले देश काल परिस्थितिका बारेमा गम्भीर हुनुपर्ने बताउंदै देशमा दैनिक रुपमा देखिने गाइजात्राले देश जर्जर अवस्थामा पुगेकोले साहित्यकार हरुले जीवन र जगत् का ज्वलंत बिषयमा पनि कलम चलाउनुपर्ने आवश्यकता दर्शाएका छन्
 

content_thumbnail__1_.jpg

कार्यक्रममा रचना बाचन गर्दै शिक्षासेवी यशोदा भट्टराई पौडेलले सर्जक भैरव ढकालका रचना बाचन गर्दै तेह्रथुम,धरना बिराटनगर हुंदै अमेरिकाको मेरील्याण्ड सम्मको यात्रा तय गरेर पनि आफ्ना कृति बिमोचनका लागि मातृभूमि नै छनौट गर्नु कविको देशको माटो प्रतिको प्रगाढ़ मायाको उपज रहेको बताउंदै कृति सफलताको शुभकामना ब्यक्त गरेकी छन् । यसैक्रममा कार्यक्रमका सभापति तथा पद्मकन्या क्यामपसका उप प्राध्यापक एवं समालोचक ज्ञाननिष्ठ ज्ञवालीले कवि भैरव ढकालको पहिलो कविता छापिएको करिव ५० बर्ष पछि कविता संग्रहको रुपमा पाठकहरुका बीच पस्कनु सृजनशीलताको जीवन्तता रहेको बताउंदै उनलाइ ब्यक्तिगत रुपमा साहित्यिक उन्नयनको सफलताको कामना गरेका छन् ।

उक्त कार्यक्रममा सहभागिता जानाएका कवि कमला महत,पार्न कोइराला सिग्देल, दृष्टि अधिकारी, जनार्दन अधिकारी ‘धड्कन, बिजयध्वज थापा, हेमा अधिकारी, राजनप्रसाद न्यौपाने, रेणुका भट्टराई हिरण्य कुमारी पाठक लगायतले बिमोचित कृतिबाट एक एक रचना बाचन गरेका थिए भने कवि तथा साहित्यकार एन.बि.जनकपुरीद्वारा एक कविता माथि संगीतबद्ध रुपमा गाएर सुनाउँदा कविता भित्रको नयाँ प्रयोग भइ सहभागीहरु उत्साहित भएका थिए । उक्त कार्यक्रमलाइ कवि तथा योग साधक राधिका पन्त द्वारा सभ्य एवं भव्य रुपमा सम्पन्न संचालन गरी सफल पारिएको थियो ।
- जयराम बिडारी