Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

उपराष्ट्रपतिका छोराको

२५ सोमबार , असार २०८०एक बर्ष अगाडि

काठमाडौं स्थित चिनियाँ समाज, चीनमा व्यापार गर्ने, नागरिक सम्बन्ध भएका व्यक्तिहरूमा पूर्व उपराष्ट्रपतिका नन्दबहादुर पुनका छोरा जितेन्द्र पुनको व्यापक चर्चा चलेको छ । ‘जितेन्द्र पुनले चिनियाँ नागरिक मि. छङ चियानको झण्डडै आठ करोड ठगेका छन् ।’ भनेर सामाजिक सञ्जालमा समेत व्यापक प्रचारबाजी भइरहेको छ ।
चर्चामा आएको र सामाजिक सञ्जालमा लेखिएअनुसार ‘पुनले मि. छनसँग उक्त रकम लिएर सुन किनेका थिए । आठ किलो सुन किनेर ल्याएका उनले मि. छनलाई अहिलेसम्म रकम फिर्ता नगरी बेपत्ता भएका छन् । पुनका विरूद्ध चीनमा उजुरी परेको छ ।’ चीनमा परेको उजुरी नेपालस्थित दूतावासमा आएको र यो ठगीबारे सरकारको जानकारीमा पुगेको बताइन्छ ।

content_pun.jpeg

 उपराष्ट्रपतिका छोराले चिनियाँ व्यापारीसँग ठगी गर्नु, कम्युनिष्ट भएर चिनियाँलाई धोका दिनु एउटा कुरा हो, त्यसमाथि त्यति धेरै सुन पुनले कसरी भन्सारबाट नेपाल भित्र्याए भन्ने आशंका पनि उठ्छ । नेपालको इज्जत नै मटियामेट गरिदिने यस्ता घटनामा माओवादीले सम्हालेको गृह प्रशासन के गरिरहेको छ ? धेरैको प्रश्न छ ।