Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

फेल भयो यो गठबन्धन

०७ सोमबार , मंसिर २०७२११ बर्ष अगाडि

भारतको अमानवीय नाकावन्दी भनेर बिरोध गर्दैमा केपी ओली सरकारको दिन बितिरहेको छ। आन्तरिक रुपमा राजनीतिक सहमति निर्माण गर्ने, संविधानको संशोधन गरेर निकास निकाल्ने र राष्ट्रिय एकता भाँडिन नदिन ओली सरकार सफल भएन। ओली सरकारको मूल थामका रुपमा उभिएका प्रचण्ड पनि फेल भएका छन्। प्रचण्डले ओली सरकारमा सामेल भएर आफूलाई पुनः असफल किन पारिरहेका छन्, यो आश्चर्य छ। प्रचण्डका होनहार नेता शक्ति बस्नेत गृहमन्त्री बनेका छन् तर उनीजस्ता होनहार युवाले पनि अराजनीतिलाई राजनीतिक लिकमा ल्याउन  सकेनन्। उल्टै मधेसको आन्दोलन झन झन अराजक बन्दै गएको छ। हिंसा आन्दोलनकारी र राज्यपक्ष दुबैतिरबाट बढ्दै गएको छ। मानवीयता दुबै पक्षबाट उल्लंघन भइरहेको आरोप लागेको छ। यस्तै हो भने ममधेस आन्दोलनमा भारतको चलखेल बढ्ने र भारतको घूसपैठलाई ओली सरकारले रोक्न नसकी कावुबाहिर पुग्ने खतरा देखिन थालेको छ। तथापि ओली सरकार अझै हाम्रो आन्तरिक मामिलामा भारतीय हस्तक्षेप किन भनिरहेको छ। यसो भन्दै गर्दा आन्तरिक स्थिति नियन्त्रणमा लिन सकिरहेको छैन।