Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

निजि बिद्यालयका शिक्षकलाई पनि सरकारी सरह तलब भत्ता दिन निर्देशन

१४ बिहिबार , असार २०८०एक बर्ष अगाडि

निजि बिद्यालयका शिक्षकलाई पनि सरकारी सरह तलब भत्ता दिन निर्देशन

सरकारी विद्यालयको तुलनामा गुणस्तरीय शिक्षा प्रदान गरेपनि निजि विद्यालयका शिक्षकले राम्रो सेवा सुविधा नपाईरहेको अवस्थामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निजी बिधालयले पनि सरकारी स्कुल सरह शिक्षकहरूलाई तलब भत्ता दिनुपर्ने निर्देशन दिएपछि निजि विद्यालयमा कार्यरत शिक्षकलाई केहि राहत मिल्ने भएको छ ।

संस्थागत (निजि) बिधालयले शिक्षकहरूलाइ कानुन सम्मत तलब नदिएको गुनासो गरे पछि मेयर शाहले निजी बिधालयले पनि सरकारी विद्यालय सरह शिक्षकहरूलाई तलब भत्ता दिनुपर्ने भन्दै सार्बजनिक रूपमा शिक्षकहरूको तलब सार्बजनिक गर्दै सोही अनुसार ब्यवस्था गर्नु पर्ने जनाएका छन् ।

यसअघि निजि विद्यालयले मनोमानी ढंगले शिक्षकको तलब भत्ता दिदै आएकोमा अहिले महानगरका निजि विद्यालयले पनि सरकारी विद्यालयको सरह सेवा सुविधा दिनुपर्ने व्यवस्था गरिएको हो । निजि बिधालयले शिक्षकहरूलाइ मेयर शाहले कानुन सम्मत तलब दिनु पर्ने व्यवस्था गरेपछि निजि बिध्यलायाका शिक्षकलाई राहत मिल्ने भएको हो ।

काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको भएपनि निजि विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको मेयर शाहले बताएका छन् ।

शिक्षा ऐन २०२८’ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने उल्लेख गरिएको छ । सोहि बमोजिम काठमाडौं महानगरपालिकाका निजि विद्यालयका शिक्षकहरूलाई पनि सेवा सुविधा दिन निर्देशन दिएको छ । त्यसका लागि तलब स्केल समेत सार्बजनिक गरिएको र तोकिए बमिजोम तलब सुविधा प्राप्त नभएमा काठमाडौं महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।