Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नक्कली भुटानी शरणार्थी काण्‍डको सफलताले जनतामा विश्वास जागेको छ : प्रधानमन्त्री प्रचण्ड

१४ बिहिबार , असार २०८०एक बर्ष अगाडि

नक्कली भुटानी शरणार्थी काण्‍डको सफलताले जनतामा विश्वास जागेको छ : प्रधानमन्त्री प्रचण्ड

नक्कली भुटानी शरणार्थी काण्‍डमा सरकारले एक पछी अर्को गर्दै अपराधमा संलग्नता रहेका व्यक्तिहरुलाई पक्राउ गरि कारबाही थालेकाले सरकार प्रति जनताको बिस्वास जागेको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बताएका छन् । प्रतिनिधिसभा बैठकमा बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थीको फाइल खोलेर सरकारले कानुनबाहिर जाने जोसुकै कारबाहीमा पर्ने सन्देश दिएको बताउदै उच्च पदस्थहरु कानुनमाथि छन् भन्ने बुझाईलाई गलत सावित गरेको बताएका छन् ।

प्रधानमन्त्रीले कानुन सबैलाई समान हुन्छ भन्ने विश्वास जगाउन सक्नु नै लोकतन्त्रको सर्भिसिङ र शुद्धिकरण भएको व्याख्या गर्दै उनले प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास प्रकरणका आरोपितहरू पक्राउ पर्न थालेको पनि जानकारी दिएका छन् ।

भ्रस्टाचारका कारण मुलुकको खस्कदो अवस्थालाई सुधार गर्नका लागि पनि भ्रष्टाचारको अन्त्य हुनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारका घटनाको अनुसन्धान र कारबाहीले जनतामा विश्वास जागेको बताए । अहिले सरकारले शुरु गरेको नक्कली भुटानी शरणार्थी काण्‍डका अपराधमा संलग्नता रहेका व्यक्तिहरुलाई पक्राउ गरि कारबाही थालेकाले कानुनको सर्वोच्चता मात्र नभएर लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको उनको भनाई रहेको थियो ।