अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन स्विजरल्याण्डको जेनेभामा मन्त्रीसँगै गएका ट्रेड युनियनका नेता उतै बसेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँगै गएका मधेश ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य कुलबहादुर खड्का नेपाल नफर्किएर उतै बसेका हुन् ।
गत जेठ २२ गतेदेखि असार १ सम्म अन्तर्राष्ट्रिय श्रम सम्मेलन स्विजरल्याण्डको जेनेभामा सम्पन्न भएको थियो । उक्त सम्मेलनमा मन्त्री भण्डारीसँगै २४ जना नेपालबाट सहभागी भएका थिए ।
मन्त्रिपरिषद्ले नेपालको तर्फबाट श्रममन्त्रीको नेतृत्वमा सहभागी हुनेगरी सहसचिव डण्डुराज घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ र ट्रेड युनियनको तर्फबाट विनोद श्रेष्ठको नाम मनोनयन गरेको थियो ।