Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नेपाल हेर्न अमेरिकी सांसदको ककस

१४ बिहिबार , असार २०८०एक बर्ष अगाडि

नेपाल हेर्न अमेरिकी सांसदको ककस

अमेरिकी संसदमा दोस्रोपटक नेपाल मामिला हेर्ने सांसदहरूको समूह बन्ने भएछ । भर्खरै ट्राभल एडभाइजरी जारी गरेर एक समूहले नेपालमा भ्रमण नगर्न सुझाव दिएको पनि देखियो । अर्थात नेपालतिर अमेरिकी तीक्ष्ण नजर परिरहेकैछ । विश्वशक्तिले नेपाललाई महत्व दिनु नेपालको गौरव पनि हो, अवसर पनि हो । नेपाली शासक, प्रशासकसँग कसरी देशहितमा उभिने, चल्ने भन्ने ल्याकत चाहियो, प्रश्न यत्ति हो । अमेरिकास्थित नेपाली राजदूत अमेरिकी सांसदको नेपाल हेर्ने समूह अर्थात ककस बनाउन सक्रिय रहेछन् । उनका अनुसार अमेरिकी कंग्रेस (संसद्)मा नेपाल मामिलासम्बन्धी हेर्ने सांसदहरूको समूह (ककस) दोस्रोपटक गठन हुने भएको छ । १२ वर्षअघि गठन भएजस्तै यस वर्ष पनि २० सांसदको सहभागितामा यस्तो समूह बन्न लागेको हो । हालसम्म १३ जना सांसद तयार भएका रहेछन् । सातजना सांसदलाई लविङ भइरहेको रहेछ, ककस गठन भएपछि दुई देशबीच सम्बन्ध विस्तारका लागि अमेरिकी सांसदहरूको यो फोरमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्लेषण भइरहेको रहेछ । राजदूत खत्रीकै भनाईमा– १३ जना सांसदहरू तयार हुनुहुन्छ । २० जनाजति पु¥याएर ककस गठन गरौँ भन्ने प्रस्ताव छ । सम्भवतः छिट्टै यो कार्यले पूर्णता पाउनेछ । ककस गठनपछि अमेरिकी कंग्रेसमा नेपालसम्बन्धी मुद्दामा छलफल गराउन प्रयास गर्न सकिन्छ । यति मात्र नभएर अमेरिकी सरकार र संसद्लाई नेपालको चासो पु¥याउन पनि मौका मिल्नेछ । यो दुईपक्षीय साझा चासो र लक्ष्यमा काम गर्ने सांसदहरूको महत्वपूर्ण फोरम हुनेछ । ककस गठनका लागि अन्तिम तयारी भएको छ । अहिलेसम्म राजदूत खत्रीले विशेष काम केही गरेको खबर आएको छैन । ककस गठन भयो भने नेपालका मुद्दाहरू अमेरिकी सांसदसम्म पु¥याउन सहज हुनेछ, यो नै राजदूत खत्रीको महत्वपूर्ण काम हुनसक्नेछ । स्मरणरहोस्, यसअघि सन् २०११ मार्चमा अमेरिकी कंग्रेसमा पहिलोपटक ककस गठन भएको थियो । रिपब्लिकन पार्टीका सांसद एन्डर क्रिन्स संयोजक र डेमोक्रेटिक पार्टीका सांसद जरेड पोलिस सहसंयोजक थिए । त्यतिबेला तत्कालीन राजदूत शंकरप्रसाद शर्माले गरेको त्यो नै एकमात्र काम थियो । हाल शर्मा भारतका लागि राजदूत छन्, उनले नेपाल भारत सम्बन्धमा केही गर्न सकेका छैनन् । अमेरिकामा ककस गठन भयो भने अमेरिकाको संसद् र सरकारलाई नेपालसम्बन्धी विषयमा सल्लाह सुझाब दिन सहज हुने विश्वास गर्न सकिन्छ । २० सांसद कहिले पुग्छन्, यकिन छैन । छिटै पुग्ने र ककस गठन हुने राजदूत खत्रीको भनाई छ । यसका लागि राजदूत खटिरहेका छन् । हाल अमेरिकाले नेपाललाई नेपाल ट्रेड रिफरेन्स प्रोग्रामअन्तर्गत ७७ वस्तुमा कोटा र भन्सार शून्य सुविधा उपलब्ध गराएको छ । यो ठूलो सहयोग हो ।