Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

थाकेकै हुन् राजतन्त्रवादी ?

१४ बिहिबार , असार २०८०एक बर्ष अगाडि

थाकेकै हुन् राजतन्त्रवादी ?

सुनसरीदेखि नेपालगञ्ज, धनगडी सुर्खेतसम्म तातेको राजतन्त्रवादी आन्दोलन थाकेर सुस्ताएको छ, यसरी १७ वर्षदेखि थकाई मार्दै गरेको राजतन्त्र, हिन्दुवादी आन्दोलनकै कारण नतिजा ननिस्केको हो । जनविद्रोह, निर्वाचनमार्फत संविधान संशोधन, सैनिक टेकओभर, विदेशी शक्तिबिना राजतन्त्र वा हिन्दुवाद फर्कन सक्दैन भन्ने अझै बुद्धि बङ्गारो पलाएको देखिएन । राजतन्त्र र हिन्दुवादीहरु बेला बेलामा लहडमा जसरी सडक तताउँछन् र सेलाउँछन् । मर्न मार्न तैयार भएर ढुंगा हानेर फालिएको राजतन्त्र हिन्दुराष्ट्र सानो तिनो प्रदर्शनबाट फर्कन्छ भन्ने सोच नै कमजोर सोच हो । राजतन्त्र र हिन्दुवादीहरु यही सत्ता र पार्टीहरुलाई राजतन्त्र चाहियो भनेर मागिरहेका छन् । जसले फाल्यो, उसले दिन्छ, फर्काउँछ ? फर्काउनका लागि त ठूलै जनसंघर्ष, जनविद्रोहको उभार उठाउन सक्नुपर्छ भन्ने सत्य किन बुझिरहेका छैनन् । जसरी १७ वर्ष बित्यो, अर्को १७ वर्षमा पनि यही मौसमी चालामालाले राजतन्त्र फर्कन्छ भन्नु दिवा सपनामात्र हुनेछ ।