Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

कांग्रेसको सदस्यता फारम अनलाइनबाट भर्न मिल्ने

१४ बिहिबार , असार २०८०एक बर्ष अगाडि

कांग्रेसको सदस्यता फारम अनलाइनबाट भर्न मिल्ने

नेपाली कांग्रेसले सदस्यता वितरणलाई सहज बनाउन दस्यता फारम अनलाइनबाट भर्न मिल्ने व्यवस्था गरेको छ । पार्टीको वेबसाइटमा गएर सदस्यता फारम अनलाइनबाट भर्न मिल्ने व्यवस्था गरेको हो ।

अहिले अनलाइन फारम भर्नका लागि आन्तरिक तयारी भईरहेको र अनलाइनबाटै सदस्यता लिने व्यवस्था मिलाउन लागिएको बताउदै कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले अब बस्ने बैठकपछि अनलाइनबाटै सदस्यता फारम भर्न मिल्ने बताए ।

अहिले कांग्रेसमा साधारण र क्रियाशील गरि दुई प्रकृतिको सदस्यताको व्यवस्था रहेको छ । त्यसमध्ये कांग्रेसले अहिले साधारण सदस्यता अनलाइनबाटै लिन सक्ने व्यवस्था गर्न लागिएको पनि मुख्यसचिव पराजुलीले बताएका छन् ।

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणका लागि केही जिल्लाका क्षेत्रहरूमा फारमसमेत पठाइसकिएको बताउदै क्रियाशील सदस्यता नवीकरण पनि अनलाइनबाटै गर्ने व्यवस्थाका लागि तयारी भइरहेको मुख्यसचिव पराजुलीले जानकारी दिएका छन् ।

नयाँ सिस्टम अनुसार अनलाइनबाट भरेको फारम वडादेखि केन्द्रसम्मका ७ तहमध्ये पार्टीको कुनै एक तह समितिले स्वीकार्ने र त्यसपछि सदस्यता दिने बताईएको छ । हाल वडा,गाउँपालिका, प्रदेश र संघ क्षेत्रीय समिति,जिल्ला कार्यसमिति,प्रदेश र केन्द्रीय कार्यसमिति गरी सात तहमा संगठनिक संरचना रहेको छ ।

पार्टीका महामन्त्री गगन कुमार थापाले सूचना जारी गरेर अनलाइनबाटै सदस्यता खुला गरिने बताएका छन् । पार्टीको संगठन संरचना, सदस्यता वितरण र व्यवस्थापनलाई व्यवस्थित बनाउने काम भइरहेको पनि महामन्त्री थापाले बताए ।

यसअघि २०७८ सालको मंसिरमा भएको १४ औं महाधिवेशनका बेला नेपाली कांग्रेसमा ८ लाख ४६ हजार ७ सय २९ जना सदस्य क्रियाशील रहेका थिए ।