Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नेकपा एकीकृत समाजवादीले यथास्थितिमा बजेट पारित गर्न नदिने

०८ शुक्रबार , असार २०८०एक बर्ष अगाडि

नेकपा(एकीकृत समाजवादी)ले यथास्थितिमा बजेट पारित गर्न नदिने बताएको छ । बिहीवार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा बोल्दै सांसदहरुले यथास्थितिमा बजेट पारित गर्न नदिने बताएका हुन् ।  

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित भएको भन्दै नेकपा(एकीकृत समाजवादी)का सांसदहरु यथास्थितिमा बजेट पारित गर्न नहुने पक्षमा उभिएका हुन् । उनीहरुले  बजेट परिमार्जन गरी सन्तुलित बनाएर मात्रै पारित गर्नुपर्नेमा पार्टीले जोड दिएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा बोल्दै सांसदहरुले बजेट असन्तुलित भएको धारणा राखेका थिए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले यस विषयमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा गर्ने बताएका थिए ।