Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

ठगलाई आपूर्ति मन्त्रालयका सहसचिवको सहयोग

०७ बिहिबार , असार २०८०एक बर्ष अगाडि

काठमाडौ । तत्कालिन मुख्यसचिव शंकरदास वैरागी लगायतका सरकारी केही उच्च अधिकृतहरुसँग निकटता बढाउँदै पाल्पाका भेषराज लुइटेलले आफ्नो ठगी धन्दालाई कायम राखेका पाइएको छ ।
लुइटेलको ठगी धन्दामा आफूहरु फसेको भन्दै दर्जनौँ व्यक्तिहरुले प्रहरीमा उजुरी दिएको पत्ता लागेको छ । निज लुइटेलले चुनावमा टिकट दिलाउने, सरुवा बढुवा गरिदिने देखि विदेशमा छात्रबृत्ति मिलाइदिने र ठुला ठुला ठेक्कापट्टा मिलाई दिने आश्वासन दिएर दर्जनौँ व्यक्तिलाई ठगी गरेको आरोप उनीमाथि लाग्दै आएको र उनले तत्कालिन मुख्यसचिव वैरागी र भारतीय दुतावासको आडमा ठगी धन्दा पहिलो देखि नै चलाउँदै आएको आरोप लागेको छ ।
यस विषयमा राजधानीबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिका र अनलाइनमा समाचार प्रकाशित÷प्रचारित भएपनि बैरागीकै दवावका कारण उनलाई कारबाही गरिएको थिएन ।
लुइटेलको ठगी धन्दामा सांसद विनोद चौधरी, एभरेष्ट होटलका सञ्चालक मशुर अहमदलारी, कालिन्चोक केबलकारका सञ्चालक तथा लगानी बोर्डका सदस्य बालकृष्णा शिवाकोटी र एक रायमाझी थरका व्यक्तिलाई उनले पिडित बनाएका छन् । केही समय पहिला उनी बैकिङ्ग कसुर मुद्दामा समेत पक्राउ परेका थिए । अहिले उनी नेपाल आयाल निगम र साल्ट टे«डिङ्ग कर्पोरेशनका विरुद्ध खुलेर लागेका छन् ।
आफ्नो स्वार्थ पूरा नभएपछि उनले साल्ट र आयल निगमका विरुद्ध उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नक्कली उजुरी गर्ने गरेको र सो मन्त्रालयका एक सहसचिवले लुइटेललाई सहयोग गर्दे आएको मन्त्रालय सूत्रल बताएको छ ।