Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

भक्तपुरको कार्यक्रममा उत्पादनलाई प्राथमिकता

०६ बुधबार , असार २०८०एक बर्ष अगाडि

भक्तपुर नगरपालिकाले स्थानीय तीन उत्पादनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । पालिकाले घरेलु उत्पादनहरू जुजु धौ, ताइचिन चिउरा र भादगाउँले टोपीको प्रवर्द्धन गर्ने गरि नीति तथा कार्यक्रम ल्याएको हो ।

नगरपालिकाको नीति तथा कार्यक्रम पर्यटन, संस्कृति, शिक्षा र स्वास्थ्यलाई प्राथमिकताका साथ समेटेको छ । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्थानीयस्तरमा उत्पादन हुने परिकार प्रवर्द्धनदेखि शिक्षा क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलन गर्नेसम्मको योजना रहेको छ ।

पालिकाले नीति तथा कार्यक्रममा घरेलु उत्पादनहरूको प्रवर्द्धनका लागि आवश्यक व्यवस्था मिलाइने र समय समयमा घरेलु उत्पादन मेलाको आयोजना गरी घरेलु उत्पादनलाई टेवा पुर्याउने गतिविधिलाई निरन्तरता दिइने बताएको छ ।

त्यस्तै पालिकाले एक विद्यालय एक सम्पदा सरसफाइको नीति समेत नीति तथा कार्यक्रममा ल्याएको छ । सांस्कृतिक प्रदर्शनी,सम्पदा पदयात्रा,सांस्कृतिक उत्सव एवम् मेलाको आयोजना गर्ने र पर्यटन गतिविधिलाई बढाएर होम–स्टे र फेमिली—स्टेको ब्यबस्थापन गरि पर्यटन व्यवसायमा थप टेवा पुर्‍याउने पालिकाको नीति तथा कार्यक्रममा समेटिएको छ ।