Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

यी मन्त्री के गरेर बस्छन् ?

०४ सोमबार , असार २०८०एक बर्ष अगाडि

यी कृषिमन्त्री वेदुराम भुसाल हुन् । यी मन्त्री आफैले पत्रकारलाई भनेका छन्– कृषिमा चाहिने अनुदानको मल प्लाइउड कारखानाहरूले प्रयोग गरिरहेका छन् । जब मन्त्रीलाई कृषिमलको दुरूपयोग भएको थाहा छ भने उनी कारवाही गर्न गराउन नसकेर किन भाषण गरिरहेका छन् ।
अनुदानको मल दुरूपयोग भइरहेको भन्ने थाहापाएपछि कुन कुन कारखानाले दुरूपयोग गरेको हो, मन्त्रीले छानबिन, अनुसन्धान गराएर कारवाही गराउन र कृषकको हक र हितमा उभिन नसक्ने मन्त्री किन झण्डा हल्लाएर हिडिरहेका हुन्, बुझ्न सकिएन भन्छन् कृषकहरू ।
धान दिवसमा सहभागी भएर यिनै मन्त्री भुसालले कृषकले पाउनु पर्ने मल गैरकृषकले दुरूपयोग गरेको भन्दै मन्त्रीले सक्कली किसानलाई सचेत हुन आदेश दिएका छन् । कृषकले कृषि गरून् कि मल कुन कुन गैरकिसानले दुरूपयोग गरेको हो भनेर बुझ्न हिडुन् ? किसानले अनियमितता हेर्नुपर्ने, मल कहाँ गयो भनेर खोज्नुपर्ने हो भने मन्त्रीले के गर्ने ? नियमनकारी निकायहरू तमासा हेर्ने, के के न गर्छु भन्ने मन्त्रीको फुइँकी पनि देखियो ।