Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

कोशीको नाम फेर्न वार्ता टोली

०४ सोमबार , असार २०८०एक बर्ष अगाडि

काठमाडौं । एकजनाको ज्यान गयो, आन्दोलनकर्ता र सरकारवीच ठूलै नोक्सानी हुने खालको भीडन्तपछि अन्ततः कोशी सरकारसँग वार्ता गर्न संघर्ष समितिले बनायो टोली बनाएर वार्ता सुरू गरेको छ । प्रदेशले पनि वार्ता टोली बनाएको छ । कोशी सरकारले मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा मन्त्री भक्तिप्रसाद सिटौला र मन्त्री बुद्धिकुमार राजभण्डारीको टोली गठन गरेको छ ।
वार्ता टोलीमा गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरूम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगु रहेका छन् । वार्ता आह्वान गरेको हप्तादिनपछि वार्ताको वातावरण बनेको हो ।
वार्ता हुने र द्वन्द्व समाधान हुने विश्वास मुख्यमन्त्री हिक्मत कार्कीको छ ।
फागुन १७ मा प्रदेशसभाले नै कोशी नाम राखेपछि चर्केको पहिचानवादीको आन्दोलनले पहिचानमा आधारित नाम राख्नुपर्ने भनेर विद्रोह गरेका हुन् । लोकतन्त्रको इतिहासमै प्रदेशसभाले तय गरेको नाम संशोधन हुने भएको छ ।