Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नागरिकताका लागि रूनुपर्ने, मर्नुपर्ने किन ?

०४ सोमबार , असार २०८०एक बर्ष अगाडि

काठमाडौं । नागरिकता नपाएपछि सुनसरीका हरि मण्डलले आत्महत्या गरेछन् । संसद चलिरहेको छ, सरकार छ, पार्टीहरू छन्, नयाँ नयाँ प्रधानन्यायाधीश छन्, नागरिकता विषयमा भएको के हो, सुधार गर्नुपर्ने के हो ? किन रातदिन लगाएर बहस गर्न र एउटा निर्णयमा पुग्न सक्दैनन् । नागरिकले नागरिकता पाउनुपर्छ, अनागरिकले कुनै हालतमा नागरिकता पाउनु हुन्न । यसका लागि गर्नुपर्ने कर्तव्य पूरा गर्न संसद पुगेका सांसद, अदालत किन बाटो खोल्दैन ?
राजधानीमा आत्मदाहको प्रयास पनि भएकै हो । दोष नागरिकको होइन, विधि निर्माण गर्ने संसद, विधि ठिक बेठिक के हो फैसला गर्ने अदालत, विधिको कार्यान्वयन गर्ने सरकारको दोष हो । बाबुआमाले नागरिकता पाउने, सन्तानले नपाउने, दाजुले पाउने भाइले नपाउने, धेरै विदेशीले नागरिकता लिएको, धेरै नेपालीले नागरिकता नपाएको, यो विवादको अन्त्य छिटो गर्नुपर्छ । नागरिकले आफ्नै देशमा आत्मदाह, आत्महत्या, रोइकराइ गरेर हिड्नुपर्ने अवस्था कुनै हालतमा पनि सह्य छैन । विदेशीलाई नागरिक हुन रोक्नैपर्छ र नागरिकता विषयमा राजनीति हुनुहुन्न । सबैले जिम्मेवारी पुरा गर्नु आवश्यक छ ।