Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

आज समाजवादी मोर्चाको घोषणा हुँदै

०३ आइतबार , असार २०८०एक बर्ष अगाडि

आज समाजवादी मोर्चाको घोषणा हुने भएको छ । सरकारमा सामेल तीन राजनीतिकदल सहितको समाजवादी मोर्चा घोषणा हुन् लागेको हो ।

निरन्तरको छलफलपछि अन्ततः समाजवादी मोर्चा आज घोषणा हुन लागेको हो । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा सोमबार गठन गर्ने सहमति भएको थियो ।

राष्ट्रिय सभागृहमा समाजवादी मोर्चा नेपाल घोषणा गर्ने कार्यक्रम तय भएको बताइएको छ । मोर्चामा सत्तारुढ दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतका दलहरुको सहभागिता रहने छ ।

समाजवादी मोर्चामा रहेका दलबीच आलोपालो नेतृत्व गर्ने सहमति यसअघि नै भएको छ भने मोर्चामा डा. बाबुराम भट्टराईको समाजवादी पार्टी सहभागी हुने नहुने बारेमा अझै छलफल भईरहेको बताईएको छ ।

त्यसैगरी मोर्चामा सहभागी हुने भनिएका वामदेव गौतमले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेर आफ्नो व्यवस्थापन भए समाजवादी मोर्चामा नजाने बताएपछि उनी एमालेमै फर्किने सम्भावना रहेको देखिन्छ ।