Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

देश विकाशका लागि पार्टी र नेता सच्चिनु पर्छ : मन्त्री श्रेष्ठ

०२ शनिबार , असार २०८०एक बर्ष अगाडि

राजनीतिकदल र राजनीतिकदलका नेता नसच्चिएसम्म देश विकास सम्भव नरहेको उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्  ।

उनले अपेक्षा गरेअनुसार देशमा समृद्धि आउन नसकेको बताउदै देशको विकास हुन नसक्दा आम जनता निराश रहेको बताए । जबसम्म जिम्मेवारीका साथ राजनीतिक दलहरुले आफ्नो कार्यभार निभाउ सक्दैनन् तबसम्म देशमा समृद्धि आउन नसक्ने उनको भनाई थियो ।

उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले देश बदल्नका लागि सबैभन्दा पहिला राजनीतिक पार्टी र नेताहरुले नै आफूलाई सच्याउन जरुरी रहेको बताए । उनले राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरु रुपान्तरण गरेर सामाजिक,आर्थिक रुपान्तरणको प्रक्रियालाई तिब्रता दिनुपर्ने आवश्यक रहेको बताएका छन् ।