Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

मुख्य सचिवमा अर्याल नियुक्त

३१ बुधबार , जेठ २०८०२ बर्ष अगाडि

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्य सचिवमा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । बिहिबार बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । 

अर्यालको सचिवको ५ बर्षे कार्यकाल आगामी असार ३ गते सकिदैछ । उनको सचिव पदको कार्यकाल सक्किन लागेकाले मन्त्रिपरिषद् बैठकले मुख्य सचिवमा नियुक्त गरेको हो ।

त्यसैगरी ३ महिनापछि आगामी असोज १८ गते अवकाश पाउन लागेका मुख्यसचिव शंकरदास बैरागीलाई​ राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्ति गरिएको छ । उनलाई मन्त्रीस्तरीय सुविधा दिनेगरी नियुक्त गरेको जनाइएको छ ।