Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

साउन १ गते देखि बिदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन हुने

३० मंगलबार , जेठ २०८०एक बर्ष अगाडि

निर्वाचन आयोगले आगामी आगामी साउन १ गतेदेखि विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गर्ने भएको छ । सोमबार बसेको राष्ट्रियसभाको राष्ट्रिय तथा समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

राष्ट्रियसभाको राष्ट्रिय तथा समन्वय समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी १ साउनदेखि विदेशमा रहेका नेपालको मतदाता नामावली संकलन गर्ने जानकारी दिएका हुन् ।

मतदाता नामावली संकलनको पहिलो चरणमा युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गरिने आयुक्त थपलियाले जानकारी दिएका छन् । थपलियाकाअनुसार बिदेशमा रहेका नेपालीहरुको बायोम्याट्रिकसहितको मतदाता नामावली संकलन गरिने बताइएको छ ।

विदेशमा रहेका नेपालीले अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी प्रि-जिस्ट्रेसन भरेपछि कूटनीतिक नियोगमा पुगेर आफ्नो फोटो र औंठाछाप दिनुपर्नेछ ।