Advertisement Banner
Advertisement Banner

२८ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

पहिचान जोगाउन कला,सस्कृति बचाउनु पर्छ : उपमेयर डंगोल

२७ शनिबार , जेठ २०८०३ बर्ष अगाडि

आफ्नो देशको पहिचान जोगाउन कला,संस्कृति बचाउनुपर्ने काठमाडौं महानगरपालिकाको उपमेयर सुनिता डंगोलले बताएकी छन् । उनले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा वताएकी हुन्  ।

उपमेयर डंगोलले एकतावद्ध भएर बाजा बजाए झैँ सबै मिलेर समाजसेवा,देश सेवा गर्नेकुरामा अघि बढ्न जरुरी रहेको बताउदै कलाकृति, संस्कृति बाँचेमात्र देशको पहिचान जीवित रहने भएकाले देशको पहिचान जीवित राख्न सबै लाग्नुपर्ने बताइन ।

उनले 'सय थरी बाजा एकै ताल' भने झैं हामी सबै आ-आफ्नो ठाउँबाट एकजुट भएर लागे देश निर्माणमा सहयोग पुग्ने बताइन । एकताले समाजसेवा, देश सेवा गर्नेमा सदैव अघि बढ्न सक्ने समेत उनको भनाई थियो ।

उनले काठमाडौं महानगरपालिकालाई सांस्कृतिक नगरी बनाउने सपनाअनुसार महानगरभित्र रहेका कला, संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने बताउदै कलाकृति,संस्कृति बाँचेमात्र हाम्रो भाषा, लिपी, हाम्रो बाजागाजा जीवित हुन्छ र त्यसले हाम्रो पहिचान जीवित राख्ने बताईन ।