Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

सञ्चार क्षेत्र सुधारका लागि सरकारलाई प्रतिवेदन

२५ बिहिबार , जेठ २०८०एक बर्ष अगाडि

सरकारी सञ्चारमाध्यमको पुनःसंरचनामा जोड दिँदै आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । आमसञ्चार क्षेत्रको समग्र सुधारका लागि आवश्यक नीति, कानून तथा नियमनको लागि प्रतिवेदन बुझाएको हो । 

सुझाव समितिले नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई आमसञ्चार क्षेत्रको समग्र सुधारका लागि आवश्यक नीति, कानून तथा नियमनको प्रतिवेदन बुझाउदै सञ्चार क्षेत्र सुधारका लागि अनुरोध गरिएको छ । 

समितिले अन्य नीतिगत तथा संरचनागत सुधारअन्तर्गत सरकारी सञ्चारमाध्यमको पुनःसंरचना, डिजिटल मिडिया तथा सामाजिक सञ्जाल, आमसञ्चार माध्यमको विकास, आमसञ्चार क्षेत्रमा बहुलता, विविधता र समावेशिताको प्रवर्धन, श्रम समस्याको समाधान, सामाजिक सुरक्षा एवं सूचनाको हक, प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षासम्बन्धी विषयमा सुझावहरु प्रश्तुत गरेको छ ।

यसअघि पनि समितिले दुई चरणमा अन्तरिम प्रतिवेदन प्रश्तुत गरेको थियो । बुधबार मन्त्रीसहित मन्त्रालयका अधिकारी, सरोकारवाला संघसंस्था तथा निकाय र विज्ञहरुसँग अन्तरक्रिया गरी कार्यादेश बमोजिम अन्तरिम प्रतिवेदनलाई समेटेर अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको बताईएको छ ।

सरकारले गत २०७९ फागुन २६ गतेको मन्त्रीस्तरीय निर्णयबाट डा.सुरेश आचार्यको संयोजकत्वमा ५ सदस्यीय आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरेको थियो । यसमा संयोजक आचार्यसहित विपुल पोखरेल, डा. महेन्द्र बिष्ट, गोविन्द आचार्य, बबिता बस्नेत थिए ।