Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

जनप्रतिनिधि भनेको यस्तो होस्

२२ सोमबार , जेठ २०८०एक बर्ष अगाडि

धरान । युवाको आकर्षण बने धरानका मेयर हर्क साम्पाङ् । जनप्रतिनिधि कस्तो हुनुपर्छ, रोल मोडेल हुन् हर्क । भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो भन्नेले केही गरेको उदाहरण छैन, राजधानीका मेयरले केही गर्ने प्रयास गरेका छन्, सरकारले साथ दिएन । धनगडीका मेयरले प्रचारबाजी नगरी नगरी केही गर्ने प्रयास गरिरहेका छन् । तर धरानको जोश, उत्साह अर्कै छ ।
बुढाबुढी धरान पुगिरहेका छन् । विदेशीएकाहरूले सक्दो स्रोत पठाइरहेछन्, देशैभरिका बुद्धिजीवी, नागरिक अगुवा, अधिकारकर्मी, उत्साहित युवायुवतीहरू श्रमदान गर्न धरान पुगिरहेका छन् । हर्कका हातमा ठेला उठ्नेगरी श्रम गर्छन् । माटोलाई ढोग्छन्, आमजनताको पूजा गर्छन् । कुनै प्रकारको विरोधको वास्ता गर्दैनन् । रातदिन धरानेलाई पानी, विकास, सेवाग्राहीलाई सेवामा तल्लीन देखिन्छन् । यस्तो मेयरलाई उत्साहित गर्न यसरी उर्लिएका छन् युवाहरू श्रमक्रान्तिमा । ठेकेदार बन्न ५ करोड खोज्ने सांसदले हर्क साम्पाङबाट कहिले सिक्ने ? मेयर हर्क भन्छन्– जनता आफ्नै खुशीले आएका हुन् । श्रमको क्रान्ति धरानबाट सुरू भइसकेको छ ।