Advertisement Banner
Advertisement Banner

२९ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आरोपित बचाउन ३ पूर्व न्यायाधिवक्ता

२२ सोमबार , जेठ २०८०३ बर्ष अगाडि

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितहरूको प्रतिरक्षाका लागि नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहित पूर्वमहान्यायाधिवक्ताको टोली उभिएको छ । बालकृष्ण खाणको तर्फबाट खम्बबहादुर खाती, महादेव यादव, हरिहर दाहाल, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, ललित बस्नेत, योगेन्द्र अधिकारी लगायतका २० जना, टोपबहादुर रायमाझीको प्रतिरक्षामा पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, टेकनारायण पाण्डेको प्रतिरक्षाका लागि रमण श्रेष्ठले उभिएका छन् ।
जाहेरीकर्ताको तर्फबाट स्वागत नेपाल, सुशील शर्मा सापकोटा उभिएका छन् ।