Advertisement Banner
Advertisement Banner

२९ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

बैदेशिक रोजगारमा रहेका अवैधानिक कामदारलाई मान्यता दिईने

२१ आइतबार , जेठ २०८०३ बर्ष अगाडि

नेपाल सरकारले विभिन्न देशमा अवैधानिक रुपमा गएर काम गरिरहेका नेपाली कामदारहरुलाई मान्यता दिने तयारी थाल्ने भएको छ । अवैधानिक रुपमा पर्यटक भिसा लगायत अन्य जुनसुकै भिसामा गएर काम गरिरहेकाहरुलाई सरकारले मान्यता दिने तयारि थाल्ने भएको हो । 

आईतवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई थप सुरक्षित र मर्यादित बनाउन सरकार र मन्त्रालय लागिरहेको बताए । 

मन्त्री भण्डारीले वैदेशिक रोजगारीका लागि नेपालीहरु जाने गन्तव्य मुलुकलाई सुरक्षित र मर्यादित बनाउने दायित्व सरकारले निर्वाह गर्ने बताउदै सरकारसँग पनि वैदेशिक रोजगारमा गएका  र फर्किएका श्रमिकहरुको यकिन डाटा राख्न विभागहरुलाई निर्देशन दिएका छन् ।

पत्रकार सम्मेलनमा मन्त्रि भण्डारीले अवैधानिक रुपमा नेपालबाट विदेश गएकाहरुलाई मान्यता दिएर नेपालबाट विभिन्न देशमा अवैधानिक रुपमा काम गरिरहेका श्रमिकहरुलाई नागरिकको साथमा सरकार छ भन्ने महशुस गराउन आवश्यक रहेको बताए ।

उनले नेपालीहरु अवैधानिक रुपमा गएका देशमा पनि कानूनी प्रावाधानका विषयमा छलफल गर्ने तयारी रहेको बताउदै बिभिन्न मुलुकमा अवैधानिक रुपमा काम गरिरहेका नेपाली श्रमिकको विषयमा सरकारले एउटा अभियान सञ्चालन गर्ने बताएका छन् ।