Advertisement Banner
Advertisement Banner

१६ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

नेपाली भूभाग भारतीय नक्सामा राखाकोमा युवा संंघको विरोध

१७ बुधबार , जेठ २०८०३ बर्ष अगाडि

नेपाली भूभागलाई अखण्ड भारतको नक्सामा राखेको भन्दै नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले विरोध गरेको छ । युवा संघले बुधवार साँझ काठमाण्डौंको बानेश्वरमा एक कार्यक्रम आयोजना गरि विरोध प्रदर्शन गरेको हो ।

भारतले नेपालको भूभागलाई समेटेर अखण्ड भारतको नक्सा भारतीय संसदमा राखेकोमा युवा संघले विरोध गर्दै अखण्ड भारतको नक्सा समेत जलाएको थियो। उसले अखण्ड भारतको नक्सामा नेपाली भूभाग राखेकोमा आपत्ती जनाउँदै राँके जुलुससहित अखण्ड भारतको नक्सा जलाएको हो । 

युवा संघका उक्त कार्यक्रममा ‘सरी मोदी ब्रोहरु, प्रचण्ड र रामचन्द्रलाई लैजाऊ, ‘सीमाना पारी पाहुनाको लस्कर, शितल निवासमा नागरिकता तस्कर’ लुम्बीनी र कपिलवस्तु कदापि दिन सकिन्न’, ‘जा जा प्रचण्ड जा, देश बेचेर खा’ जस्ता नारा लगाएर अखण्ड भारतको नक्सा जलाउँदै विरोध प्रदर्शन गरेका थिए ।