राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । संविधानको धारा ६१ र ६६ बमोजिम नेपाल सरकारको मन्त्रिपरिषद्को आग्रहअनुसार राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन् ।
संघीय संसदले गत २०७९ साउनमै नागरिकता विधेयक पास गरेको थियो । तर, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् ।
अहिलेको सरकारले विधेयक पारित गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेसँगै प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।