Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

सुनसरीमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

१६ मंगलबार , जेठ २०८०एक बर्ष अगाडि

सुनसरी जिल्लाको एनरुवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ । पूर्व प्रहरी कर्मचारी संगठनले जन्मकैद भोगिरहेको रेशम चौधरीलाई सरकारले दिएको आममाफीको विरोध गर्दै पुत्ला दहन गरेका हुन् ।

टिकापर घट्नामा दोषि ठहर भई जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर सरकारले आममाफी दिएको भन्दै इनरुवा बस चोकमा उनीहरुले विरोध प्रदर्शन सहित राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए ।

टिकापुर नरसंहार घट्नामा प्रहरी उच्च अधिकारी र दुधे बालक सहितको हत्याको आरोपमा जन्मकैद भोगिरहेका व्यक्तिलाई आममाफी दिनुले प्रहरी कर्मचारी र परिवारको मान सम्मानमा चोट पुगेको भन्दै पूर्वप्रहरी कर्मचारीहरुले त्यस्को विरोध गरेका छन् ।

पूर्वप्रहरी कर्मचारी संगठनको अगुवाइमा आयोजित पुत्ला दहन कार्यक्रममा स्थानीयहरुले समेत सहभागिता जनाएका थिए । प्रदर्शनकारीले उनीहरुले सरकारप्रति जनताको विश्वास गुम्दै गएको समेत बताएका छन् ।

नेपाल सरकारको सिफारिसमा रेशम चौधरीलाई राष्ट्रपतिले आम माफी दिनु मुलुकको कानुनी राज्यप्रतिको उपहास भएको प्रदर्शनकारीको ठहर छ ।