Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१६ मंगलबार , जेठ २०८०एक बर्ष अगाडि

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज दिउसो १ बजे भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड नयाँ जनमतपछि पहिलोपटक छिमेकी राष्ट्र भारतको विदेश भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्ने बताइएको छ । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी हुने बताइएको छ । 

भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाललगायत रहेका छन् ।

प्रधानमन्त्रीको भ्रमणकाक्रममा ब्यापार तथा पारवहन, भौतिक पूर्वाधार विकास, हवाई तथा स्थल यातायात, आर्थिक सहयोग र ऊर्जाका मुद्दामा बढी जोड दिइने साथै पञ्चेश्वर परियोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विषयमा समेत छलफल गरि निष्कर्षमा पुग्ने बताइएको छ । 

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी हुँदै गर्दा भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपाली भूमिका नाम राखिएको विषयले चर्चा पाइरहेको छ । जस्को कारण उक्त विषयमा पनि कुरा उठाउन भ्रमण टोलीलाई दबाब छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली भ्रमण सकेर यही जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।