Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

ग्यास, पेट्रोल छैन, अव दाउराको मुढो : शाश्वत शर्मा

३० सोमबार , कार्तिक २०७२११ बर्ष अगाडि

उपप्रधानमन्त्री चित्रबहादुर केसी 'नाकावन्दीलाई नाकावन्दी भन्न नसक्ने या त मूर्ख हुन्, या भारतीय दलाल' भनेको भोलिपल्टै आइतवार साँझ राष्ट्रका नाममा संवोधन गर्दै प्रधानमन्त्री केपी ओलीले फेरि पनि मजाकको मूड देखाए र भारतलाई 'अमानवीय, अघोषित नाकावन्दी नगर्न' अनुरोध गरे। तीतो पोख्नु शासन गर्ने परिपक्व शैली मानिदैन। कूटनीतिक तरिकाले मुलुकलाई समस्याबाट तार्नसक्नेमात्र सफल शासक मानिन्छ। केपी ओली मान्छे काटेर राजनीतिमा आएकाले हो कि उनले सत्तामा बसेर पनि तातै कुरा गरे, भारतलाइ चिढाउने शैली अपनाए। लाग्यो यो देशवासीका नाममा संवोधन होइन, भारतलाई सन्देश थियो।
अचम्मका छन् नेपाली जनता पनि। पेट्रोलको लाइनमा बसेर थाक्दैनन्, ग्यासको लाइनमा बसेर पनि थाक्दैनन्। प्रहरी, पम्पवाला, प्रशासन र बाहुवली खुलेआम कालोबजारी गरिरहेका छन्। सक्नेले कालोबजारबाटै किनेर काम चलाउँछन्, नसक्ने मरुन्जेल महिनौं लाइनमा बस्छन्। विद्रोह गर्न सक्दैनन्। सरकारले दाउरा बेच्ने भनेर कार्तिक २९ गतेदेखि डिपो खोल्यो, दाउराका नाममा मूढो बेच्यो। जनता मूढो उचालेर घरघरतिर दौडिएका छन्। सरकार सफल छ, लोकतन्त्र सफल छ। असफल जनतामात्र छन् र चुपचाप असफलता सहिरहेका छन्। नेपालीलाई मान्नैपर्छ बा...।