टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल जिवन बिताई रहेका रेशम चौधरी रिहा भएका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै उनि जेलबाट रिहा भएका हुन् ।
टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत हुन । उनी ६ वर्षअघि जेल परेका थिए ।
उनको रिहाई सँगै स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, नेतृ एलिजा गौतमसहित सयौँ नेता कार्यकर्ता, शुभेच्छुक डिल्लीबजार कारागार पुगेर चौधरीलाई फूलमाला सहित भव्य स्वागत गरिएको थियो ।
उनको रिहाइ पछिको स्वागत देख्दा ठूलै विजयोत्सव जस्तो देखिएको थियो। रिहाई पछि उनका समर्थक नेता तथा कार्यकर्ताले खुशियाली मनाएका छन् । उनि सहित गणतन्त्र दिवसका अवसरमा आज राष्ट्रपति पौडेलले ५०१ जनालाई आममाफी दिएका हुन् ।
जेलबाट छुटेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी १६ औं गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा उपस्थित हुन सैनिक मञ्च टुँडिखेल पुगेका छन् । चौधरी त्यहाँको कार्यक्रममा शरिक भएर केहि समयपछि कैलाली जाने तयारी रहेको छ ।