नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ को लागि आज बजेट बजेट घोषणा गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट घोषणा गर्न लागेको हो ।
आज दिउसो ४ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था समेत रहेकाले आज बजेट ल्याउन लागिएको हो ।
सरकारले यहि जेठ ५ गते नीति तथा कार्यक्रम ल्याएको र उक्त नीति तथा कार्यक्रम गत शनिबार पारित भएको थियो । आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको बजेटभन्दा नबढ्ने बताइएको छ ।
बार्थिक वर्षको बजेट सार्वजनिक गर्ने कार्यक्रममा नेपाल सरकारका प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको सहभागिता रहने प्रचलन रहेको छ ।