Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

भ्रष्टचार विरुद्ध राप्रपाले संघर्ष गर्ने

१४ आइतबार , जेठ २०८०एक बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टचार विरुद्ध सदन र सडकबाट संघर्ष गर्ने बताएको छ । आईतबार बिहान नेपालगञ्जको सुर्खेत विमानस्थलमा पत्रकारहरु सँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त कुरा बताएका हुन् ।

आईतबार बिहान सुर्खेत पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र र प्रवक्ता ज्ञानेन्द्र शाहीको टोलीले नक्कली शरणार्थी प्रकरण नेपालको इज्जतसँग जोडिएको भन्दै यो विषय राज्यविरुद्धको अपराध भएकाले निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

राप्रपा अध्यक्ष लिङ्देनले पत्रकारसँग कुराकानी गर्दै दरबार हत्याकाण्डको छानबिन गर्ने विषयमा आफ्नो पार्टीको कुनै पनि आपत्ति नरहेको समेत प्रष्ट पारेका थिए । उनले आफ्नो पार्टी पनि उक्त घटनाको छानबिन गरेर सत्य तथ्य जनतामाझ पुर्‍याउनुपर्ने पक्षमा रहेको भन्दै उक्त कामका लागि पार्टीको सहयोग रहने बताए ।

सडकदेखि सदनसम्म सबै खालको भ्रष्टाचारविरुद्ध आफ्नो पार्टीले सङ्घर्ष गर्ने गरेको भन्दै अध्यक्ष लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा  निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए ।