Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

कोशी प्रदेश सभा घेराउ गर्न पुगेका दुई दर्जन पहिचानवादी पक्राउ

१३ शनिबार , जेठ २०८०एक बर्ष अगाडि

कोशी प्रदेशलाई पहिचानसहितको नमकरण गर्न माग गर्दै आएको पहिचानवादीका झण्डै दुई दर्जन नेता कार्यकर्ता पक्राउ परेको छन् । कोशी प्रदेश सभा अगाडी प्रदर्शन गर्दै घेराउ गर्न पुगेकाउनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले २३ जनालाई कोशी प्रदेश सभाको बैठक अवरुद्ध गर्न त्यहाँ जाने क्रममा पक्राउ गरेको बताइएको छ । कोशी प्रदेश सभाको बैठकमा सहभागी हुन जाने प्रदेश सभा सदस्यहरूलाई अवरोध पुर्‍याएको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष सहितका नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेको हो ।  

त्यसैगरि कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १७ जना कार्यकर्तालाई विराटनगरको देवकोटा चोकबाट पक्राउ गरेको बताइएको छ । पक्राउ परेकाहरुको साथबाट गुलेली लगायतका घरेलु हतियार समेत बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आजबाट सुरु हुन लागेको कोशी प्रदेश सभाको बजेट अधिवेशनलाई लक्षित गरी कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएका पहिचानवादीहरूले प्रदेश सभा घेराउको कार्यक्रम राखेका थिए । यता शनिबारदेखि नै सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रदेश सभा सचिवालय, जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्री कार्यालय तथा निवासको ३०० मिटर आसपासलाई निषेधित क्षेत्र तोकिएको छ ।