प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्र र जनताको हीतका लागि काम गर्न सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन् । शनिवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न शनिवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले देश र जनताको हितमा काम गर्न सबै राजनीतिक दल एकै ठाउँमा उभिन आवस्यक रहेको बताए ।
उनले सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आ-आफ्ना भुमिका रहेपनि राष्ट्रिय समस्या समाधान गर्ने सवालमा र जनताको आवश्यक चाहनालाई सम्बोधन गर्ने अवास्थामा सबै राजनीतिक दल एक ठाउँमा उभिन नसके त्यसले देश र जनताको पक्षमा काम गर्न नसक्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले जनताको हीतमा समझदारी र सहमति आवश्यक रहेको उल्लेख गर्दै विगतका नमिठा पक्षलाई बिर्सिएर देशको विकास र जनता निकासका लागि लाग्न सबैलाई आग्रह गरेका छन् ।