Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नेपालका भ्रष्टचारीलाई अमेरिकामा बहिस्कार

१३ शनिबार , जेठ २०८०एक बर्ष अगाडि

नेपालमा भ्रष्टाचारको आरोप लागेकाहरुलाई अमेरिकामा रहेका नेपालीले बहिस्कार गर्ने बताएका छन् । प्रवासी नेपाली एकता मञ्च नेपालले न्यूयोर्कमा पत्रकार सम्मेलन गर्दै भ्रष्टचारको आरोप लागेकाहरुलाई सार्वजनिक रुपमा बहिस्कार गर्ने निर्णय गरेका हुन् ।

पत्रकार सम्मेलनमा नेपालमा पछिल्लो समय बाहिरिएको नक्कली भुटानी शरणार्थी काण्डले उच्च तहको संगठित अपराधको पर्दाफास गरेकाले अब नागरिक तहबाट भ्रष्टाचारीहरुलाई सार्वजनिक रुपमा बहिस्कार गर्नु पर्ने बताइएको छ । साथै उक्त काण्डले देशको साख गिरेकाले निष्पक्ष छानबिन गर्न समेत मञ्चले माग गरेको छ ।

नक्कली भुटानी शरणार्थी काण्डले देशमा भ्रष्टचार र आर्थिक अपराधमा कतिसम्म संस्थागन रहेछ भन्ने कुराको उजागर गरेको भन्दै उक्त अपराधीक कार्यले देश र जनताको स्वाभिमानमा आँच पुगेको र देशको शिर निहुरीएकाले संस्थागत भ्रष्टचारको अन्त्य गर्न धेरै चुनौतीको सामना गर्नुपर्ने मञ्का अध्यक्ष शंकर पन्तद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा नेपाल सरकार र गृहमन्त्रीले लिएको शुरुवाती पहलप्रति सम्मान व्यक्त गर्दै मञ्चले भ्रष्टाचारको आरोप लागेका कसैलाई पनि स्वागत नगर्ने र त्यस्ता व्यक्ति सहभागी कार्यक्रमलाई बहिष्कार गर्ने अभियानमा अमेरिकामा रहेका सम्पूर्ण संघसंस्थाहरुलाई साथ दिन आग्रह गरेको छ ।