पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले किसानलाई राज्यले अनुदान दिनैपर्ने बताएका छन् । उखु किसानहरुले बुधवार माईतीघर मण्डलामा गरेको आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै भट्टराईले राज्यले किसानलाई अनुदान दिनै पर्ने बताएका हुन् ।
डा. भट्टराईले उखु लगायतका किसानहरुले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा देश बाहिरबाट आयात हुने कृषिजन्य वस्तुमा प्रतिष्पर्धा गर्न नसकेको भन्दै उनले कृषि अर्थतन्त्र धराशायी बनेको बताए ।
स्वदेशी उत्पादनको व्यवस्थापनमा सरकार र सम्बन्धित निकायले ध्यान दिन नसक्दा आफ्नो देशमा उत्पादन हुने वस्तुको उपभोग घटेर बाहिरका वस्तु उपभोग गर्नुपर्ने बाध्यता रहेकाले त्यसको अन्त्य गर्न जरुरी रहेको उल्लेख गरेका थिए ।