सबै ब्यापार रसुवाको केरुङबाट सम्भव छ। तर ग्यासका बुलेट लामो हुने भएको र नेपालका सडक साँघुरो रहेकाले केरुङबाट पठाउन सम्भव छेन। पाँचखालमा ज्वाइन्ट भन्सार खडा गरौं, तातोपानीबाटै ग्यासका बुलेट पठाउन हामी तैयार छौं। राजदूत ऊ चुन्ताईले नेपाल सरकारलाई प्रस्ताव गरेका छन्। केपी ओली संवोधनमा सबै बिकल्प सोचिने बताउँछन्, आयल निगम करोडौं खर्च गरेर बंगलादेशसँग कुरा गर्न गइरहेको छ तर राजधानीमै चीनका राजूतले ग्याँस पाँचखालसम्म ल्याइदिउँ भन्दा नेपाल सरकारले निर्णय गर्न सकेन।


