सुरेशकुमार पान्डे - -
हाम्रो देश यतिवेला भ्रष्टचारको केन्द्र बनेको छ । जुनसुकै निकाएयमा पनि भ्रष्टाचार व्यापक छ ।
देशभित्र बिकास नहुनु, युवाहरूलाई रोजगार नमिल्नु पनि यसको एउटा सहायक कारण हुनसक्छ । आर्को कारण भ्रष्टाचारीलाई कानून् अनुसारको सजाय नहुनु र भ्रष्टाचारलाई राजनीतिकरण गरिनु अहिलेको मुख्य कारण हो जस्तो मलाई लाग्छ ।
राजनीतिक पार्टिहरूले भ्रष्टचारीलाई संरक्षाण दिएका हुन्छन् ।त्यो कुनैपार्टि भित्रको नेता वा कार्यक्रता छ भने उसलाई जोगाउँन त्यो पार्टिले जोड लगाउँछ ।हाम्रो देशभित्र किसानहरू राजनीतिमा बंटेकाछन्,मजदुर श्रमजिवीहरू बंटेकाछन् ।बुद्धिजिविहरू, पत्रकारहरू, मास्टर, विध्यार्थी, यहाँसम्म की देशका सुरक्षाकर्मी न्यायालय आदी सबै राजनीतिकरण भएका छन् । एउटाले उसको भ्रष्टाचारको पोल खोल्यो भने अर्कोले त्यही मुद्धालाई चोखाउन पत्यारोप लगाउँछ । उसलाई जनतामा जान सजिलो भयो कि त्यो प्रतिद्वन्दी भएकोले झुटा आरोप लगाइरहेको छ ।
अहिले धेरैजसो व्यक्ति पार्टिको आडमा भ्रष्टाचार फैलाउँदै आएकाछन् । पार्टीलाई पनि चाहिएको पैसा हो त्यो पैसा भ्रष्टाचारबाट नै प्राप्त हुनसक्छ । यो सबैको भ्रष्टाचारको जननी भनेको पुँजिवाद नै हो ।अहाले हाम्रो देशमा पुँजिको उत्पादनको श्रोत केहीपनि छैन् । तर हाम्रो सोंच भनेको निम्न पुँजिवादी छ । त्यसकारण यो व्यबस्था रहँदा सम्म भ्रष्टाचार सकिनेवाला छैन् । मात्र यसको रोकथामको लागी पहल गर्न सकिन्छ । त्यो रोकथाम कसलेगर्ने ? इमान्दार व्यक्ति, संगठनले त्यसलाई रोक्न प्रयात्न गर्नुपर्छ । तर उनीहरूलाई पनि पार्टीहरूले धुजा–धुजा पारेका छन् ।
सन्सार भरिमा एउटा कम्युनिष्ट पार्टिको उद्देश्य अन्याय अत्याचारको जरो काट्नु हो । जुन वर्गले परिश्रमगर्छ त्यो वर्गको अधिनायकत्वमा सर्वहारा मानसिकता भएको वर्गको नेतृत्वमा सरकार हुनुपर्छ । अहिले त्यसको उल्टो भएको छ ।
अहिले हाम्रो देशमा बहुदलिय व्यबस्थाको अभ्यास जस्तै कम्युनिष्ट बिचारको पनि अभ्यास हुँदै आएको छ । एकजना कम्युनिष्ट बन्नु पूर्णरूपमा आध्यात्मवाद वा बुजुर्वा बिचारलाई त्यागेपछि बल्ल बन्न सक्छ ।
तर अहिलेका कम्युनिष्टहरू आधुनिक बनेका छन् । एउटाले देवाली गर्नैपर्छ भन्छ,एउटाले गर्नु हुँदैन तर हाम्रो सन्तान रिसिन्छन की भनेर देवाली गर्न सकिंदैन भन्छन् । एउटाले देवाली गर्नै हुँदैन भन्छ र गर्दैन पनि । अब अन्य कामरेडले के गर्छन् भने त्यो अराजक भयो अहिलेभर्खर त्यो अबस्था आएको छैन भन्छन् । र उनीहरू आपसमा बिभाजन हुन्छन् । यस्तै प्रकारले कसैले बिदेशीको मुल्याङ्कन गर्ने क्रममा बिभाजित हुन्छन् । ससाना झैझग्डाबाट उनिहरूको बिचमा टुक्रा टुक्रा हुन्छ ।कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो दुश्मन हो मपाँई ।
एकातिर नेतृत्वले गलत बाटो छोपेको कार्यक्रताले नदेखेर उनिहरूको अन्धभक्तको रूपमा आफुलाई स्थापित गरेर आफ्नो निजिस्वार्थ पुरा गर्नुले देशभित्रका कम्युनिष्टहरू अहिले भ्रष्टाचारी खेमामा उभिएकाछन् । देवका धेरै कम्युनिष्ट नी ताहरू भ्रष्टचारमा फसेकाछन्, धेरै एनजियो र आइ एनजियोमा फसेकाछन् । कयौँ धार्मिक कृयाकलापमा अल्झिएकाछन् । कयौं बिभिन्न ट्रष्टहरूको सञ्जालमा फसेकाछन । मोवाईल नेटवर्किंगको सञ्जाल बिछिएको छ । उनिहरूको व्यबहारदेखेर पनि हामिले कम्युनिष्ट पार्टिको भविश्यको बारेमा अन्दाज गर्न गारो पर्नेछैन् ।
पैसाको मोह, पद प्रतिष्ठाको मोह यो भ्रष्टाचारको श्रोतहरू नै हुन् ।
वर्गशङ्घर्षको उत्पादन भनेको त शोषित र शोशक बिचको सम्झौताहींन संघर्षको लागी थियो । सिधा कुराछ मार्क्सवादले तैयार पारेको वर्गशङ्घर्षलाई लेनिनले व्यबहारिमा पुष्टिगरेका छन् । त्यही सिद्धान्तमा टेकेर माओले नौलो जनवादको खाका कोरेकाथिए । किनभने गरिब पिछडियको देशमा समाजवादी व्यबस्था टिक्न सक्दैन् । त्यसकारणले उन्ले नयाँ प्रकारको जनवादको प्रतिवादन गरे । पुँजिवादी जनवादमा अल्छि कामचोर धनी शोशक सामन्तहरूको अधिनायकत्व छ र उनैको नेतृत्वछ । तर नौलो जनवादी व्यबस्थामा गिरव श्रमजिविहरूको अधिधायकत्व र सर्वहाराको नेतृत्व हुनेहुँदा श्रमजिविहरूको हितको सरकार हुन्छ ।
तर त्यही बिचारको बिरोध र बद्नाम गर्नलाई कम्युनिष्टहरूले नै सुरूगरेकाछन् । प्रतिकृयावादी हरूको योजना कम्युनिष्टकै माध्यायम बाट कम्युनिष्टको अन्तःगर्नलाई प्रयोग गरिएको देखिन्छ ।
अहिले जुनसुकै पार्टिमा पनि धनको खिचातानी हुन्छ,पदको खिचातानी हुन्छ ।केका लागी आफ्नो सुःख सुबिधाका लागी । कयौं पार्टिका कार्यक्रताहरूले पार्टीको नाम लिएर आम सर्वसाधारण गरिबलाई सस्तोमा प्लट दिने भन्दै लाखौं करौडौं ठगेको समाचारहरू दिनौ आइरहेका छन् । पोखरामा र राजधानीमा खबरहरू आएका छन् । कयौं ससाना सहरहरूका समाचार लोप हुन्छन् । भ्रष्टाचार जताततै हुंदै आएको छ त्यसमा कयौं राजनीतिक पार्टिनै संलग्न छन् । जो सँग पावर छ उसले त्यो पावरलाई निजि स्वार्थमा उपयोग गर्छ । परिणाम स्वयम राजनीतिक पार्टीहरूनै भ्रष्टाचारका योजनाकार हुंनपुग्छन् । प्रचण्ड सरकार समेत डगमगाएको अबस्थामा या त भ्रष्टाचारी फाइल बन्द गर्नुपर्छ वा सरकार ढल्छ । चर्का भाषण गरेर अतिरञ्जित नाराहरू लगाएर मात्रै भ्रष्टाचार रोकिदैंन । त्यसका लागी सबैभन्दा पहिले मालेमालाई व्यबहारमा उतार्ने र आफुलाई भौतिकवादी रूपमा ढाल्न सक्नुपर्छ । तर त्यसो गर्न भ्रष्टाचारी बानिपरेकाले सक्दैनन् । जनताहरूको चेतनस्तर नउठ्दासम्म न त सरकारले कार्वाही गर्छ । एउटा राष्ट्रिय स्तरको खेलाडीलाई खुलेआम हत्थकडी लगाएर लगिन्छ तर एउटा मानव तस्करले हातहिलाउँदै ससुराल गए जस्तै गरेको देखिन्छ । यसले के बुझाउँछ भने देशको व्यबस्थाका नायकहरूनै अपराधी छन् ।