धनगडी । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रश्न गर्नुभएको छ– नयाँ नेपाल भनेको यही हो ? नेपालको अस्तित्व छैन ? २०६३ सालको परिवर्तनपछि पूर्वराजाको अभिव्यक्तिमा सबैभन्दा तिक्त र कडा टिप्पणी हो यो ।
धनगडीमा जम्मा भएका विशाल जनजमघटलाई संवोधन गर्दै पूर्वराजाले सोझा साझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च अब खुल्दै आएको छ बताउनु भएको छ ।
पूर्वराजाले के नयाँ नेपाल भनेको यही हो ? के अग्रगामी भनेको परावलम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली थियौं तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान, हाम्रो श्रम सीप सबैथोक खोसिएको त होइन ? भन्ने प्रश्न उठाउँदा उपस्थित हजारौं आमनागरिकले ताली बजाएर राजा आउ देश बचाउ भनेर नारा घन्काएका थिए ।