दुवै खुट्टा विना सगरमाथाको सफल आरोहण गरेका हरी बहादुर बुढामगरलाई सम्मान गर्न माग गरिएको छ । रोल्पाबाट निर्वाचित सांसद ईश्वरी घर्तीले आरोही बुढामगरलाई सम्मान गर्न माग गरेकी हुन् ।
ब्रिटिश गोरखा सैनिकमा कार्यरत हुँदा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका बुढामगरले सगरमाथाको सफल आरोहण गरेकोमा उनको साहसको उच्च कदर गर्दै सम्माण गनुपर्ने माग गरेको हो । उनलाई सरकारले एयरपोर्टमै पुगेर सम्मान गर्नुपर्ने माग संसदमा उठेको हो ।
घुँडादेखि तल दुवै खुट्टा नभएका रोल्पाको थवाङ गाउँपालिका ३ मिरुल निवासी बुढामगर यही जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुगेका थिए ।