Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

सरकारको नीति तथा कार्यक्रमको छलफल आजबाट सुरु हुने

०६ शनिबार , जेठ २०८०२ बर्ष अगाडि

आजदेखि प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रमको छलफल सुरु हुने भएको छ । आईतबार बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएर नीति तथा कार्यक्रमबारे छलफल हुन लागेको हो ।

गत बिहिबार सरकारको नीति तथा कार्यक्रमलाई राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रमलाई आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

आगमी जेठ ११ गतेसम्म नीति तथा कार्यक्रम माथि छलफल हुनेछ । नीति तथा कार्यक्रममा  सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ ।

आजको सरकारको नीति तथा कार्यक्रममाथिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गर्ने बताइएको छ । सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रमले मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने भन्दै विरोध गरेका थिए ।

अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रमलाई पार्टीले पारित गर्न नसक्ने भन्दै आफ्ना सांसद्हरुलाई पनि सरकारको नीति तथा कार्यक्रमको विरोध गर्न निर्देशन दिएका छन् । गत शनिबारको बैठकमा अध्यक्ष ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम बेक्कारको भएकोले स्वीकार योग्य नभएको र त्यस्लाई समर्थन गर्न नसकिने बताएका थिए ।