मुलुकको वर्तमान अर्थतन्त्रको समस्याको दीर्घकालिन समाधान गर्न निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बताएका छन् ।
उद्योग वाणिज्य महासंघले बिहीवार काठमाडौंमा आयोजना गरेको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन सार्वजनिकीकरण एवं छलफल कार्यक्रममा बोल्दै मन्त्री रिजालले उक्त कुरा बताएका हुन् ।
मन्त्री रिजालले व्यापार व्यवसायमा आएको संकुचनका कारण राजश्व संकलनमा समस्या उत्पन्न भएको बताए । उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न निरन्तर तत्पर रहेको बताउँदै आगमी बजेटले निजी क्षेत्रका समस्या सम्बोधन गर्ने बताए ।
निजी क्षेत्रले उठाएको मर्यादा क्रमको माग प्रति सरकार गम्भिर रहेको प्रष्ट पार्दै सरकार रोजगारी सिर्जना, राजश्व संकलनको कमी लगायतका विषयमा संवेदनशिल रहेको बताए ।