Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

नेपाल एयरलाइन्सले भैरहवाबाट जेठ २९ देखि नियमित उडान गर्नै

०४ बिहिबार , जेठ २०८०३ बर्ष अगाडि

नेपाल एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने भएको छ । आगमी जेठ २९ गतेदेखि नियमित उडान गर्ने भएको हो ।

नेपाल एयरलाइन्सले आगमी जेठ २९ गतेदेखि नियमित उडान थाल्ने तालिकासमेत सार्वजनिक गर्दै भैरहवाबाट मलेसियाको राजधानी क्वालालम्पुरका लागि साताको एक उडान गर्ने जनाएको छ । 

भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालन भएको एक वर्ष पुरा भएपनि अरु एयरलाइन्सले उडान सञ्चालनको लागि चासो नदेखाए पनि मुलुकको राष्ट्रिय ध्वाजावाहक नेपाल एयरलाइन्सले अबदेखि सातामा एउटा उडान गर्ने तयारी थालेको हो ।

एयरलाइन्सले नियमित उडान थाल्ने तयारी गरेसँगै सोहीअनुसार टिकट बुकिङसमेत खुला गरेको बताइएको छ । त्यसैगरि एयरलाइन्सको न्यारोबडी जहाजले आगामी सोमबार काठमाडौंबाट क्वालालम्पुर र मंगलबार क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं उडान गर्ने तयारी गरेको जानकारी दिएको छ ।

हालसालै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र वाणिज्य विभागका निर्देशक टंकनिधि दाहालले मलेसिया भ्रमण गरि त्यहाँका सरकारी अधिकारीहरुसँग गरेको छलफलपछि भैरहवा विमानस्थलमा नियमित उडान गर्न सहमत भएको नेपाल एयसलाइन्सले बताएको छ ।