हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष मिया पक्राउ परेका हुन् ।
उनलाई सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ गरेको बताएइएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनको खोजी कार्य थालेको थियो ।
यसअघि उक्त प्रकरणमा पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण, पूर्व उपप्रधान तथा उर्जामन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीलगायतका व्यक्तीहरु पक्राउ परिसकेका छन भने उनिहरुमाथी अनुसन्धान भईरहेको छ ।