काठमाडौ । प्रधानमन्त्री प्रचण्डले चीनको बोआओ सम्मेलनमा समेत नगएर भारत भ्रमण गर्ने निम्तो कुरेर बसेका छन्, अझै ग्रिन सिग्नल पाएनन् । भारतले बोलाउँछ भनेर कुरेरै बसेका छन् । तर भारतले पूर्वराजा ज्ञानेन्द्रलाई निम्त्याएर उत्तर प्रदेशका मुख्यमन्त्रीमार्फत वार्ता मात्र गरेनन्, राजाकै सम्मानका साथ अयोध्या पुगेर मर्यादा पुरूषोत्तम रामको दर्शनसमेत गरिसकेका छन् । अब उनको धनगडीमा नागरिक अभिनन्दन हुनेभएको छ ।
नेताहरू भ्रष्टाचारमा मुछिएर जेलयात्रा गर्दैछन्, पूर्वराजा जनतामाझ गइरहेका छन् । राजालाई देशको चिन्ता, नेतालाई भ्रष्टाचारबाट उम्किने चिन्ता ।