काठमाडौं । भागेर के गर्ने ? छोरो पक्राउ परेपछि बाबु आफैले सूचना दिएर पक्राउ हुन बाध्य हुनेरहेछ्न । यस्तै भयो आइतवार, प्रहरीले बुढानीलकण्ठ क्षेत्रबाट टोपबहादुर रायमाझी पक्रियो ।
पैसा, नागरिक तस्करी गरेर पैसा कमाउने कम्युनिष्ट ? कठै । यो कस्तो राष्ट्र भयो, नागरिकलाई वैदेशिक रोजगारीमा जान बाध्य पारेर तिनले पठाएको रेमिटान्सले अर्थतन्त्र चलाउनु पर्ने ? ठूला नेताका लोग्ने स्वास्नी नै राष्ट्रद्रोहमा मुछिनु पर्ने, बाबुृछोरा टोप बहादुर र सन्दीप रायमाझी नै थानामा सुत्नुपर्ने । अब पश्चाताप गरेर के गर्ने ? अब एकले अर्कोलाई पोल्ने । यो त तँ पनि मजस्तै राँडी भएस् भनेर सरापेजस्तो अवस्था पो आयो नेताहरूको ।
सडकबाट आमनागरिकको दबाब बढेको छ । पार्टीका युवा, बुद्धिजीवी पनि सडकमा देखिन्छन् । केही पूर्वप्रशासकहरू प्रतिक्रिया दिइरहेका देखिन्छन् । अब देश कता जान्छ, कुन कुन भ्रष्टाचारीमाथि कारवाही हुन्छ, प्रष्ट छैन । भ्रष्टाचारमा नडामिएका नेता देखिदैनन्, यो अवस्थामा कहाँ पुग्ला सुरू भएको अनुसन्धान ?