नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले बताएका छन् । नक्कली भुटानी शरणार्थीसम्बन्धि बहस कार्यक्रममा बोल्दै डा.वाग्लेले उक्त कुरा बताएका हुन् ।
आइतबार काठमाडौंमा आयोजित नक्कली भुटानी शरणार्थीसम्बन्धि बहस कार्यक्रममा बोल्दै सांसद डा.वाग्लेले शरणार्थी प्रकरणमा मुछिएका सबैलाई प्रहरीको अनुसन्धानको दायरामा ल्याउन ध्यान दिनुपर्ने बताए ।
शरणार्थी प्रकरणमा नाम जोडिएका पात्रहरुलाई सोधखोजका लागि अनुसन्धानको दायरामा ल्याउन आवस्यक रहेको भन्दै सांसद डा. वाग्लेले सो प्रकरण संगठित अपराध भएकाको र नेपाल प्रहरीले अनुसन्धान गर्ने क्रम ७ दिन मात्र बाँकि रहेकाले त्यसमा सबैले सहयोग गर्नुपर्ने बताए । उनले आफ्नो पार्टीको जोड पनि त्यतै रहेको स्पष्ट पारेका थिए ।
शरणर्थी प्रकरणमा अमेरिकी विदेश मन्त्रालय, संयुक्त राष्ट्रसंघीय निकाय र नेपालस्थित अमेरिकी दुतावासको चासो रहनु स्वभाविक भएको भन्दै उनले यो प्रकरणलाई ठगी, कीर्ते, मानव तस्करी, अन्तराष्ट्रिय संगठित अपराध र राजद्रोह तहको रुपमा लिनुपर्ने धारण राखेका थिए ।