Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

गरिवका लागि निशुल्क उपचारको व्यवस्था गर्छाैं : स्वस्थ्यमन्त्री बस्नेत

३१ आइतबार , बैशाख २०८०२ बर्ष अगाडि

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादु बस्नेतले गरिबको निशुल्क उपचार गर्ने व्यवस्था मिलाउने बताएका छन् । हेलम्बु ३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले उक्त कुरा बताएका हुन् । मन्त्री बस्नेतले स्वास्थ्योपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्न गरिबले अस्पतालमा गएर उपचार गर्नसक्ने अवस्था सृजना गर्ने प्रतिवद्धता गरेको छन् ।

सिन्धुपाल्चोक हेलम्बु ३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले गरिबले अस्पतालमा गएर उपचार गर्नसक्ने अवस्था नभएको भन्दै अहिलेको समयमा पनि थुन्से र डोकोमा हालेर अस्पतालसम्म बिरामी लैजानुपर्ने बाध्यताको अन्त्य गर्ने बताए । उनले सुर्तीजन्य पदार्थमा कर बढाई सो करबाट गरिबलाई निःशुल्क उपचारको व्यवस्था ल्याउन लागिएको समेत बताएका छन् । 

आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यहरुले निःशुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाइने भन्दै हाल उक्त अभियान सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाबाट शुरु भइसकेको पनि बताए । पाल्चोक मन्दिरलाई व्यवस्थित र आकर्षित बनाउने तथा पाल्चोकलाई पर्यटकीय गन्तव्य बनाउने प्रतिवद्धता गर्दे मन्त्री बस्नेतले पाल्चोकमा स्वास्थ्य चौकीको अव्यवस्थित भवनलाई व्यवस्थित बनाउन पहल गर्ने बताएका छन् ।