Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

काँग्रेस नेता गौतम १५ बुँदे माग सहित आमरण अनशनमा

३० शनिबार , बैशाख २०८०२ बर्ष अगाडि

नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री सञ्जय गौतम आमरण अनशनमा बसेका छन् । नेता गौतम विकास निर्माणका विभिन्न माग राख्दै आमरण अनशन बसेका हुन् । 

बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गौतमले १५ बुँदे माग राख्दै  जब्दीघाटको भत्किएको पुल मुनि टेन्ट लगाएर आमरण अनशन बस्न सुरु गरेका छन् ।

उनले अनसनस्थलमा विभिन्न १५ बुँदे मागहरूको सूचि राखेका छन् । जसको पहिलो नम्बरमा जब्दीघाटको भत्किएको पुल निर्माणको काम सुरु गर्नुपर्ने, दोश्रोमा सदरमुकाम डुबान र कटानको कारण जोखिममा रहेको भन्दै तटबन्धनका काम गर्नुपर्ने, सिँचाइ आयोजनाहरुमा बजेटको सुनिश्चित गर्नुपर्नेलगायतका माग राखेका छन् । 

यसअघि पप्पु कन्स्ट्रक्सनले सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माण भएर उदघाटन नहुँदै २०७४ साउन अन्तिम साता भत्किएको थियो ।