Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

महामन्त्रीद्वय खाणलाई निलम्बन गर्नुपर्ने अडानमा

२८ बिहिबार , बैशाख २०८०२ बर्ष अगाडि

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने अडानमा महामन्त्रद्धिय गगन थापा र विश्वप्रकाश शर्मा देखिएका छन् । महामन्त्रीद्वयले बिहीबारको बैठकमा उक्त अडान राखेका हुन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा  बिहीबार दिउँसो बसेको बैठकमा महामन्त्रीद्वयले खाणलाई निलम्बन गर्नुपर्ने भनेर राखेको अडानमा उपसभापति धनराज गुरूङले पनि साथ दिएको बताइएको छ । बुधबार बसेको पदाधिकारी बैठकमा पनि महामन्त्रीद्वयले खाणलाई निलम्बन गर्नुपर्ने धारणा राखेका थिए । महामन्त्री गगन थापाले सार्वजनिक पदमा भएको व्यक्ति अनुसन्धान अवधिभर स्वतः निलम्बनमा हुने बताउँदै पार्टीले पनि उनलाई निलम्बन गनुपर्ने बताए ।

पूर्व गृहमन्त्री समेत रहेका खाणलाई निलम्बन गर्नुपर्ने महामन्त्री थापाको मागलाई नेपाली काँग्रेसका उपसभापति धनराज गुरूङ र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन जनाएको बताइएको छ । साथै, उक्त शरणर्थी प्रकरणमा खाण तानिएपछि पार्टी सभापति देउवाको धारण स्पष्ट पार्न पनि महामन्त्री थापाले आग्रह गरेका छन् ।

बैठकमा व्यक्ति र सांसदका रूपमा बोलेका छौं भन्दै थापाले पार्टी केन्द्रीय समिति बैठकले यसबारे केही निर्णय त गर्ला तर त्यतिन्जेलसम्म पार्टी सभापतिको धारणा आउनुपर्ने माग राखेपनि सभापति देउवाले केही नबोलेको बताइएको छ ।

सभापति देउवा निवासमा बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठक बोलाउन समेत पदाधिकारीहरूले माग गरेका छन् । गत भदौदेखि कांग्रेस केन्द्रीय समिति बैठक बसेको छैन। कांग्रेस विधानअनुसार केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिले मात्रै आधिकारिक निर्णय गर्ने व्यवस्था रहेको छ ।

बिहीबारको पदाधिकारी बैठक सकिएपछि पत्रकारहरूसँग बोल्दै सहमहामन्त्री जीवन परियारले खाणले अनुसन्धानलाई सहयोग गरिरहेको बताउँदै नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान हुनुपर्ने र पार्टीले अनुसन्धानलाई सहयोग गर्ने बताएका थिए ।